काठमाण्डौं, माघ ९ । विभिन्न कम्पनीका ६३४ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बुधबार बिहान नागढुंगाबाट डेढ करोड बराबरको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो।
भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको डिएल २ सीएटी ७०१७ नम्बरको कारबाट उक्त रकम बराबरको मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौं ३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर १ का इन्द्रबहादुर कटुवाल छन्।