मकवानपुर, माघ ९ । राष्ट्रियसभा सदस्यको निर्वाचन जारी छ। कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो।
वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन्।
यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीनरतीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ। प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन्।
Facebook Comments


























