जनकपुरधाम, माघ ३ । भुक्तानी नदिएको भन्दै उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले मुख्यमन्त्री देखि मन्त्रीहरुको तस्बिर अंकित व्यानरमा जुता चप्पल हान्न थालेपछि प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
शुक्रवार जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरीरहेका संघर्ष समितिका पदाधिकारीहरुले आफूहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरुविरुद्ध नारावाजी गर्दै जुत्ता चप्पल प्रहार गरेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपभोक्त समितिका पदाधिकारीहरुले यस यस भन्दा पहिले गत आर्थिक वर्षमा सम्पन्न गरेको योजनाहरुको भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरेका थिए।
Facebook Comments