काठमाण्डौं, पुस २७ । सरकारको राहदानी विभागले नेपालमा चल्तिमा रहेको राहदानीजस्तै देखिने खोल बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
राहदानी विभाग नारायणहिटी काठमाडौंले आइतबार एक सूचना जारी गर्दै राहदानीजस्तै देखिने हरियो खोल बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएको हो।
‘झट्ट हेर्दा साधारण राहदानीजस्तो देखिने राहदानीको खोल खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको हुँदा यस प्रकारको खोल बिक्री तथा खरिद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ’ विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
केही समययता राहदानी विभागनजिकैका क्षेत्रमा राहदानीको सुरक्षा हुने भन्दै यस्ता खोल बिक्री वितरण हुँदै आएका थिए।
Facebook Comments