काठमाण्डौं, पुस २७ । ३ नम्बर प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय (ललितपुर) का लेखा अधिकृत विष्णुहरी पुडासैनी घुस रकमसहित पक्राउ परेका छन ।
सडक निर्माणको कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की रकम भुक्तानीका लागि ठेकेदारसँग लिएको २२ हजार रुपैयाँ घुससहित लेखा अधिकृत पुडासैनी पक्राउ परेका हुन्।
लेखा अधिकृत पुडासैनीलाई घुस रकम लिइसकेको अवस्थामा ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
घुससहित पक्राउ परेका पुडासैनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Facebook Comments


























