पुस २७ ।अमेरिकामा आएको आँधीबेहरीले लाखौं मानिस प्रभावित भएका छन्। भारी वर्षापछि आएको आँधीबेहरीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ।
आँधीबेहरीले दक्षिणी अमेरिकालाई निकै असर पुर्याएको छ। टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित भएका छन्। यी तीन राज्यमध्ये अलाबामा सबैभन्दा खतराको स्थितिमा रहेको मौसमविद्हरुले बताएका छन्। हजारौंलाई सुरक्षित स्थलमा सारिएको छ।
हजारौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवा ठप्प भएको छ। तीव्र गतिको हावाका कारणले गर्दा सयौं हवाइ उडान रद्द भएका छन्।
सिकागागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु भएका छैनन्। यता मध्यपश्चिमी अमेरिकामा पनि असर पर्ने चेतावनी मौसमविदहरुले दिएका छन्। भारी वर्षा र आँधीबेहरी अझ केही दिन रहने बताइएको छ।
Facebook Comments