पुष २५ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज शुक्रबार मेलबर्न रेनेगेड्ससँग खेल्दैछ।
डकल्याण्डमा हुने मेलबर्न र रेनेगेड्सबीचको खेल नेपाली समय अनुसार अपरान्ह १ बजेर ५५ मिनेटमा सुरु हुनेछ। लिगको पुछारको टिमसँग मैदान उत्रदा मेलबर्न सातौं जितको खोजीमा हुनेछ।
मेलबर्न ७ खेलमा ६ जितसहित १२ अंक जोडेको शीर्ष स्थानमा रहेको छ। रेनेगेड्सविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ।अघिल्ला ७ खेलमा पराजय ब्यहोरेको रेनेगेड्स पहिलो जितको खोजीमा हुनेछ।
रेनेगेड्सविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो रहेको छ। किनकी सन्दीपले यस सिजन चोटका कारण एक खेल बाहेक अन्य सबै खेलमा मैदान उत्रने मौका पाएका छन्।
रेनेगेड्ससँग खेल्ने १३ सदस्सीय टिममा सन्दीप परिसकेका छन्। यस सिजन सन्दीपले ६ खेलमा ६ विकेट हात पारिसकेका छन्। एजेन्सी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











