काठमाडौं, पुस २५। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि नेपालले शुक्रबारबाट बन्द प्रशिक्षण सुरू हुँदैछ।
नेपाली टिमको बन्द प्रशिक्षण पोखरा क्रिकेट मैदानमा हुनेछ। तर, मौषमको कारण सुरुवाती केहि दिनको प्रशिक्षण भने काठमाडौंमै हुनेछ। मौषम सुधार भएपछि नेपाली टिम पोखरा जानेछ।
नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोक नाथ प्याकुरेलले नेपाली टोलीको जिम लगायतको इन्डोर प्रशिक्षण काठमाडौंमा हुने र मौषम सुधार भएपछि आउटडोर प्रशिक्षणको लागि टिम पोखरा जाने बताए।
ुकाठमाडौंमा मैदान छैन। त्यसैले प्रशिक्षण पोखरामै हुन्छ। तर, मौषमको कारण इन्डोर प्रशिक्षण यहिँ हुन्छ। सुधार भएपछि केहि दिनमा टिम पोखरा जानेछ,ु प्याकुरेलले भने।
सिरिजका लागि टियु मैदानको स्तरोन्नति र अभ्यासको लागि मुलपानी मैदानको स्तरोन्नतिको काम पनि भईरहेको छ। जसको कारण टिमले पोखरामा तयारी गर्न लागेको हो।
यस्तै महासचिव प्याकुरेलले बन्द प्रशिक्षणको लागि सुरुवातमा २२ देखि २५ खेलाडी बोलाईने जानकारी गराए।
विश्वकप लिग टु अन्तर्गत नेपालले माघ २२ देखि २९ गतेसम्म टियु क्रिकेट मैदानमा अमेरिका र ओमानसँग सिरिज खेल्ने छ।
नेपालले अमेरिका र ओमानसँग खेल्लिने खेल तालिका:
माघ २२: नेपालविरुद्ध ओमान
माघ २३: ओमानविरुद्ध अमेरिका
माघ २५: नेपालविरुद्ध अमेरिका
माघ २६: नेपालविरुद्ध ओमान
माघ २८: अमेरिकाविरुद्ध ओमान
माघ २९: नेपालविरुद्ध अमेरिका