पुष १८ । विश्वमा इन्टरनेटमा पोर्न हेर्ने हरेक चार जनामा तीनजनाले आफ्नो मोबाइल फोनमा पोर्न सामग्री हेर्ने गरेका छन्। एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ भने डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या घट्दै गएको छ।
बितेको वर्ष सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ। यो संख्या सन् २०१८ को भन्दा १० प्रतिशतले बढी हो।
मोबाइलबाट पोर्न सामग्री हेर्ने मामिलामा भारत पहिलो स्थानमा परेको छ। भारतमा इन्टरनेटमा हेरिने पोर्न सामग्रीमध्ये ८९ प्रतिशतले मोबाइलमा पोर्न सामग्री हेर्ने गरेका छन्।
दोस्रो स्थानमा अमेरिका छ। अमेरिकामा पोर्न सामाग्रीका दर्शकमध्ये ८१ प्रतिशतले मोबाइलबाट हेर्ने गर्दछन् भने तेस्रो स्थानमा रहेको ब्राजिलमा यो हिस्सा ७९ प्रतिशत रहेको छ।
त्यस्तै मोबाइलबाट पोर्न हेर्नेमा बेलायत ७४ प्रतिशतसहित चौथो र जापान ७० प्रतिशतसहित पाँचौं स्थानमा रहेको छ। स्मरणरहोस् सन् २०१३ मा विश्वमा इन्टरनेट पोर्नका दर्शकमध्ये केबल ४० प्रतिशतमात्र मोबाइलबाट हेर्नेहरू थिए। पाँच वर्षमै त्यो संख्या दोब्बर भएको छ।
पोर्नहबको तथ्यांक अनुसार पोर्न सामग्री हेर्ने संख्याको मामिलामा एन्ड्रोइड डिभाइस प्रयोगकर्ताको तुलनामा एप्पल डिभाइस प्रयोगकर्ताहरूको संख्या धेरै छ। योसँगै एप्पलको आईओएस मोबाइल अपरेटिङ सिस्टम पोर्नहब लगइन हुने सबैभन्दा ठूलो मोबाइल अपरेटिङ बनेको छ। एन्ड्रोइडबाट पोर्नहब हेरिने मात्रा भने घट्दै गएको तथ्यांकले देखाएको छ।
अर्को रोचक तथ्यांक त के भने सन् २०१९ मा विश्वमा डाउनलोड भएका टप १०० एपहरूमध्ये कुनै पनि पोर्न एप छैनन्। यसको अर्थ अहिले पनि अधिकांश पोर्न दर्शकले इन्टरनेटमा पोर्न हेर्नका लागि पोर्न एप नभै पोर्न साइटमा जान इन्टरनेट ब्राउजर कै प्रयोग गर्दछन्।
एजेन्सीको सहयोगमा


























