कपिलवस्तु, पुस १८ । सांसद अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै साँसद साहलाई पक्राउ गर्न पुर्जी जारी भएको हो।
कपिलवस्तु राप्रपाका युवा नेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेको आरोपमा साहमाथी जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। मुद्धा दर्तासँगै प्रहरीले अदालत समक्ष जानकारी गराएको र अदालतकै आदेशमा पक्राउ पूर्जी जारी गरिएको हो। कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले सांसद साहले ज्यान मार्ने उदेश्यले कुटपीट गरेको देखिएकाले प्रहरीले मुद्दा दर्ता गरेको वताए।
Facebook Comments