काठमाण्डौं, पुस १८ । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरु तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ।
बैठकमा राष्ट्रिय सभाका उम्मेद्वार छनोट, सभामुख चयन लगायतका विषयमा छलफल हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए। बुधवार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि सचिवालय बैठक आजका लागि पुन बोलाइएको हो।
माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गतेसम्म उमेदवारी दिनुपर्ने निर्वाचन कार्यतालिका रहेको छ। १८ स्थानका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ।
Facebook Comments





















