पुष, १६। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी थन्डरविरुद्धको खेल गुमाउने भएका छन्। मेलबर्न स्टार्सबाट खेल्दै आएका सन्दीपले चोटका कारण सिड्नीविरुद्धको खेल गुमाउने भएका हुन्।
मेलबर्नले बुधबार सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छैनन्। उनको स्थानमा हरिस रौफले मौका पाएका छन्। मेलबर्नले चोट बोकेका कारण सन्दीपले सिड्नीविरुद्धको खेल गुमाउने पक्का भएको बताएको छ।
मेलबर्नले लिगमा पाँचौ खेलमा बिहिबार सिड्नी थन्डरसँग खेल्दैछ। ४ खेलमा ३ जित हात पारेको मेलबर्न ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। खेल बिहान १०ः२५ बजे सुरु हुनेछ। लिगमा सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन्। सन्दीप होबार्ट हुरिकेन्सविरुद्धको खेलमा विकेट विहीन रहेका थिए।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











