काठमाडौं, १७ मंसिर। गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई चितवन र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई पर्सा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ।
यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई मकवानपुर, लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईलाई अध्यागमन विभाग, गृह मन्त्रालयका सह–सचिव हुमकला पाण्डेलाई भक्तपुर जिल्ला प्रशासन कार्यालयमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङ जिल्ला प्रशासनमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
Facebook Comments


























