चितवन, ११ साउन। पर्यटकीय नगरी चितवनको सौराहामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। काठमाडौँ बुढानिलकण्ठ नगरपालिका ४ नारायणथान बस्ने ४८ वर्षका छन्दबहादुर थापाको रत्ननगर ६ सौराहास्थित होटल रेन फरेष्टको स्वीमिङ पुलमा शनिबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
Facebook Comments