काठमाडौँ, ११ साउन। राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले नियुक्त भएको चार महिनामै पदबाट राजीनामा दिएका छन्। आफ्नो कार्यकाल पूरा नगरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका सुवेदीले दिएको राजीनामा आइतबारदेखि लागू हुनेछ।
गत चैत ७ गते सुवेदी समावेशी आयोगको अध्यक्ष नियुक्त भएका सुवेदीले संविधानमै व्यवस्था भएअनुसार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा पत्रमा घरायसी कारण भनिए पनि राजीनामा दिनुपछिका अन्य कारण भने खुलाएका छैनन्।
खसआर्य, अपांगता भएका, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत, पीछडा वर्गलगायत समुदायको अध्ययन काम आयोगको हो। समावेशीलगायत सात वटा आयोगमा अध्यक्ष भए पनि पदाधिकारी र कर्मचारी छैनन्। बजेट, कर्मचारी र कार्यालयकै अभावमा आयोग छन्।
Facebook Comments


























