कैलाली, २६ असार। कैलाली जिल्लाको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई श्रीमानसँग मिलेर प्रेमी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
श्रीमानसँग मिलेर अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपछि कल्पनासँगै उनका श्रीमान् लालबहादुर लामालाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय फलटुडे, कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।
मजदुरीका लागि आएका गुल्मीका कुँबरको असार २२ गते हत्या भएको थियो। उनको शव घरदेखि ५० मिटरको दूरीमा रहेको खोलामा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार फेला परेको थियो।
Facebook Comments