दोलखा, २२ असार। दोलखाको गौरीशङ्कर गाउँपालिकामा कोदो रोप्न गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ भने तीन जना घाइते भएको छन्। गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको करेन्ट लागेर मृत्यु भएको हो भने उनीसँगै कोदो रोपिरहेका सोही गाउँकै ७२ वर्षीय बिर्खबहादुर गुरूङ, ४३ वर्षीया सानुमाया तामाङ र २७ वर्षिय जट्ट तामाङ सामान्य घाइते छन्।
आफैँले अधिया कमाएको बारीमा कोदो रोप्ने क्रममा कोदालोले बारी खन्दा छेउैमा रहेको विद्युत्कोे पोलबाट प्रवाह भएको करेन्ट लागेर तामाङको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनजित तमाङले जानकारी दिए। मृतक तामाङको शव घट्नास्थलमै रहेको उनले बताए। विद्युत् प्राधिकरणको लापरवाहीले घट्ना घटेको स्थानीयवासीले बताएका छन्।
Facebook Comments