काठमाडौँ, १२ असार। रिलायन्स लाइफ इन्स्योरेन्सले जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ। ग्राहकवर्ग र रिलायन्स साथी (अभिकर्ता)बीच थप सेवा प्रवाह गर्नको लागि वर्षभर हरेक दिन २४ सै घण्टा सेवा प्रदान गर्नका लागि सम्पर्क केन्द्र सञ्चालनमा ल्याइएको हो।
बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँ र रिलायन्स लाइफ इन्स्योरेन्स लि.का अध्यक्ष ताराचन्द केडियाले संयुक्तरूपमा उद्घाटन गरिएको हो। उक्त सम्पर्क केन्द्रबाट आमनागरिकले जीवन बीमा कम्पनी तथा कम्पनीको योजनाहरूबारे परामर्श लिनुका साथै ग्राहक तथा रिलायन्स साथी (अभिकर्ता)ले सल्लाह, सुझाव तथा गुनासोको लागि सीधै फोन सम्पर्क वा कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल तथा मोबाइल एपमार्फत पनि आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्ने छन्।
नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक प्रदान गरिएको यो सेवाले समस्त बीमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनीय योगदान प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।