चितवन, १६ जेठ। मुग्लिनको पुल निर्माण कार्य अन्तिम चरणमा छ। अन्तिम कार्यको लागि नै आज बिहीबारदेखि पुल आयोजनाले जेठ १० गतेसम्म दैनिक ९ घण्टा बन्द गर्दैछ। पृथ्वी राजमार्गअन्तर्गत चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथिको पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ।
सेक्टरका अनुसारका बिहीबारदेखि आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।
Facebook Comments