पाल्पा, ०८ जेठ। जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनमा संलग्न रहेको आरोपमा भारतीय नागरिकलाई पक्राउ गरेको छ। युवतीलाई भारततर्फ लैजाँदै गर्दा भारतको बिहार राज्यस्थित बेतियाका २१ वर्षीय मनोहर कुमार, २० वर्षीय अभिजित कुमार र १९ वर्षीय कालु कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गुल्मीको धुर्कोट गाउँपालिकाका तीन युवतीलाई विवाह गर्छौँ भनी ललाइफकाई लैजाने क्रममा उनीहरूलाई पाल्पाको हार्थोकबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी लिए। युवतीलाई उद्दार गरी घर पठाइएको छ। पक्राउ परेका भारतीयलाई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।–रासस
Facebook Comments