काठमाडौँ, २७ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पोलिटब्युरो टुंगो लागेको छ। पार्टी एकीकरणलाई पूर्णता दिँदै शुक्रबार १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको हो। पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने नेकपाले जनाएको छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललगायतका नेताहरूसँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको हो। अब प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर औपचारिकरूपमै पोलिटव्यूरो सदस्यहरुको नाम लिष्ट पारित हुने नेकपा स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किंदैछन्। सम्भवतः जेठ ३ गते पार्टी एकताको एकवर्ष पुगेको अवसरमा सबै काम सक्ने तयारी रहेको नेताहरुले बताएका छन्। पोलिटब्युरो गठनमा पनि पूर्व एमालेभित्र मापदण्डलाई लिएर अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच पटक–पटक छलफल भएपछि साबिक एमालेका पोलिटव्युरो सदस्यहरु स्वतः हुने र बाँकी सदस्य बरिष्ठताका आधारमा छान्ने सहमति भएको नेकपा स्रोतले जनाएको छ।
बरिष्ठताको मापन कतिपटक केन्द्रीय सदस्य बनेको भन्नेलाई बनाइएको छ। पार्टी एकताभन्दा अघि नै दुईपटक केन्द्रीय सदस्य भइसकेकाहरू मापदण्डमा परेका छन्। पूर्वमाओवादीमा भने कुनै मापदण्डले काम नगर्ने भएकाले तत्कालीन ९९ सदस्यीय सचिवालयका सदस्यमध्येबाट ६५ जना सदस्य छानिने सम्भावना देखिएको छ। अन्य पार्टीबाट एकता प्रक्रियामा आएकाहरूलाई समेत पोलिटब्युरोमा लैजानुपर्ने अवस्थामा एकाध सदस्य दुवै पक्षबाट थपघट हुनसक्ने स्रोतले जनाएको छ।
केन्द्रीय सदस्यको कार्य विभाजन
नेकपाका केन्द्रीय सदस्यहरूको कार्य विभाजनसमेत प्रस्ताव गर्न लागिएको छ। कार्य विभाजन नहुँदा सांगठानिक काम हुन नपाएको तथा पार्टी कामले गति नलिएकाले कार्य विभाजन गर्न लागिएको स्रोतले जनाएको छ। प्रदेश इञ्चार्ज, सह–इञ्चार्जसहितका पदाधिकारी बाहेक केन्द्रीय कमिटीका अरू सदस्यको जिम्मेवारी तोकिएको छैन।
अब केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरूले विभाग र भूगोलको जिम्मेवारी पाउनेछन्। दुवै अध्यक्षको परामर्शमा महासचिव पौडेलले कार्य विभाजनको प्रस्ताव तयार पार्ने भएका छन्। ४४१ सदस्यीय केन्द्रीय कमिटीमा सबै सदस्यहरूलाई कम्तिमा एउटा कार्यक्षेत्रको जिम्मेवारी दिइने भएको छ।
७७ जिल्लामा इन्चार्ज र सह–इन्चार्ज गर्दा १६४ जना नेताको व्यवस्थापन हुनेछ। जिल्ला इन्चार्ज सकेसम्म पोलिटब्यूरो सदस्यलाई बनाइने र पोलिटब्यूरो सदस्य नभएको ठाउँमा केन्द्रीय सदस्यमध्येबाटै इन्चार्ज र सह–इन्चार्ज बनाउने तयारी भइरहेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए।
त्यस्तै पेशागत तथा विशेष जिल्ला कमिटीहरू र प्रवासका कमिटीहरूमा समेत केन्द्रीय सदस्यबाटै इन्चार्ज र सह–इन्चार्ज तोकिने भएका छन्। यसअघि स्थानीय तहको इन्चार्ज समेत केन्द्रीय सदस्यलाई बनाउने भनिएकोमा अब जिल्ला तहबाट तलको इन्चार्ज केन्द्रबाट नपठाइने भएको छ।
नेकपा स्रोतका अनुसार जिल्ला अध्यक्ष पूर्व एमाले भएको ठाउँमा इन्चार्ज पूर्व माओवादी र पूर्व माओवादी जिल्ला अध्यक्ष भएको ठाउँमा इन्चार्ज पूर्व एमालेबाट बनाइनेछ। यद्यपी कतिपय जिल्लामा यो मापदण्ड लागु नहुने एक नेताले बताए। इन्चार्ज र सह–इन्चार्ज पनि पूर्व एमाले र पूर्व माओवादीको मिलाएर बनाउने तयारी छ।
पोलिटब्युरोमा पूर्वएमालेबाट को को ?
साबिक एमालेबाट तत्कालीन पोलिटब्यूरको ५९ जना सदस्यबाहेक २३ जना नयाँ थपिने सम्भावना छ। केन्द्रीय सचिवालयमा रहेका नेताहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र बिष्णु पौडेल स्वतः पोलिटव्यूरो सदस्य हुनेछन्।
त्यस्तै स्थायी कमिटीमा रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरूङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रघुजी पन्त, बेदुराम भुसाल र बिष्णु रिमाल पनि स्वतः पोलिटब्यूरो सदस्य हुनेछन्।
अनुशासन आयोग, सल्लाहकार परिषद् र लेखापरीक्षण आयोगका अध्यक्षहरू अमृत बोहोरा, केशव बडाल र पुष्प कँडले पनि स्वतः पोलिटब्यूरो सदस्य हुनेछन्। तत्कालीन एमालेको पोलिटब्यूरो सदस्य रहेका प्रदीप नेपाल, शेरधन राई, काशिनाथ अधिकारी, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, परशुराम मेघी गुरूङ, सोमनाथ प्यासी, अरूण नेपाल, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रबहादुर पाण्डे पनि पोलिटब्यूरो हुनेछन्।
त्यस्तै यमलाल कँडेल, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, बिजय पौडेल, श्रीमाया थकाली, कर्णबहादुर थापा, गोकुल घर्ती, गोरखवहादुर बोगटी, गौरा कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरूङ, दलबहादुर राना, वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, सत्रुघन महतो पोलिटब्यूरो सदस्य हुनेछन्।
यी बाहेक पूर्वएमालेबाट बढीमा २३ जना सदस्य थपिनेछन्। दुईपटकभन्दा बढी केन्द्रीय सदस्य भइसकेका र पाँचांै महाधिवेशनकै केन्द्रीय सदस्य भए पनि हालसम्म पोलिटब्यूरोमा नपुगेहरूमध्येबाट ल्याउने सहमति नेताहरूबीच भएको छ। यसअघि पोलिटब्युरो सदस्य भएका, तर नवौं महाधिवेशनमा हारेकाहरू पनि सो मापदण्डमा परेका छन्।
नेकपामा ०४९ सालअघि नै केन्द्रीय सदस्य भइसकेका घनेन्द्र बस्नेत, केदार न्यौपाने, देवराज घिमिरे, नरेश खरेल यसपटक पोलिटब्यूरोको सूचीमा परेका छन् । त्यस्तै यसअघि पोलिटब्यूरो सदस्य भएका तर एमालेको नवौं महाधिवेशनमा हारेका खगराज अघिकारी, कृष्णगोपाल श्रेष्ठ र धर्मनाथ साह पनि यसपटक पोलिटब्युरोमा प्रस्तावित छन्।
यी बाहेक दुईपटक वा सोभन्दा बढी केन्द्रीय सदस्य भएकामध्येबाट कृष्णगोपाल श्रेष्ठ, गुरु बराल, भानुभक्त जोशी, बिजय सुब्बा, केशवलाल श्रेष्ठ, रामचन्द्र यादव, शेरबहादुर तामाङ, राजेन्द्र राई, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, जयन्ती राई, चूणामणि जंगली विश्वकर्मा, सुशीला नेपाल लगायतको नाम पनि पेश भएको छ।
स्रोतका अनुसार डा.राजन भट्टराई, खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, गोमा देवकोटा, श्रीप्रसाद साह, चन्द्रबहादुर शाही, सुजिता शक्य, नजिर मियालगायतका नेताहरूको नाममा पनि छलफल भएको छ। पोलिटब्यूरो सदस्य रहने सदस्यहरूको नामबारेमा एकसरो छलफल भए पनि अन्तिम टुंगो भने लागिनसकेको महासचिव पौडेलले बताए।
पूर्वमाओवादीमा भद्रगोल
पूर्वमाओवादीबाट ६२ जना पोलिटब्यूरो सदस्यमध्ये हाल स्थायी कमिटी तथा सचिवालयमा रहेका १९ जना स्वतः पर्नेछन्। अरू नेताहरूलाई समेट्नेबारेमा प्रचण्डले छलफल छलफल गरेर तत्कालीन ९९ सदस्यीय सचिवालयभित्रबाट छानेका छन्। यसअघि माओवादीमा धेरै ठूला कमिटी रहेको र विभिन्न पार्टीबाट आएकाहरूलाई पनि समेट्नुपरेकाले भद्रगोल अवस्था छ।
सचिवालय र स्थायी कमिटीमा रहेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाा ‘बादल’, टोपबहादुर रायमाझी, अमिक शेरचन, वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, देव गुरूङ, गणेश शाह पोलिटब्यूरो सदस्य हुनेछन्।
त्यस्तै पम्फा भुसाल, लिलामणी पोखरेल, मातृका यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, राम कार्की, हितमान शाक्य, चक्रपाणि खनाल, मणि थापा, जयपुरी घर्ती, नारायण शर्मा, कुलप्रसाद केसी, जयपुरी घर्ती, दीनानाथ शर्मा र तिलक परियार पनि पोलिटब्यूरो सदस्य हुँदैछन्।
त्यसैगरी पूर्वमाओवादीबाट हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, श्रीराम ढकाल, उर्मिला अर्याल, प्रभु साह, टंक राई, रामचन्द्र्र झा, रामेश्वर राय यादव, नारायण दाहाल, पासाङ शेर्पा, परशुराम तामाङ, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कमला रोक्का, झक्कु सुवेदी, सुरेश आलेमगर, महेश्वर दाहाल, सूर्य सुवेदी ‘पथिक’, अमृता थापा, कमल चौलागाई पनि पोलिटब्युरोमा प्रस्तावित छन्।
यीबाहेक कालिबहादुर मल्ल, जोखबहादुर महरा, गणेशमान पुन, हरिराज अधिकारी, टंक आङ्बुहाङ, सुरेशुकमार राई, महेश्वर गहतराज, अञ्जना विशंखे, कृष्णध्वज खड्का, शिवकुमार मण्डललगायतका नेता तत्कालीन माओवादीबाट पोलिटब्यूरो सदस्य बन्दैछन्।