चितवन । शहीदहरूको सम्झनामा नारायणगढ लेडी जेसिजले सोमबार नारायणगढमा दीप प्रज्वलन गरेको छ। लेडी जेसिजको नारायणगढ शाखाकी अध्यक्ष सुस्मिता श्रेष्ठको अध्यक्षतामा शहीदचोकमा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी प्रमुख अतिथि रहेका थिए। शहीद सप्ताहको अवसर पारेर दीप प्रज्वलनमार्फत महान शहीदलाई सम्झिने काम गरेको लेडी जेसिजकी महासचिव गौरी गुरुङले जानकारी दिइन्।
महान शहीदहरुको योगदानको कदर गर्दै दीप प्रज्वलनको माध्यमबाट सम्झिने प्रयास गरिएको कार्यक्रम संयोजक रोज्ना रेग्मीले जानकारी दिइन्। कार्यक्रममा लेडी जेसिजकी निःवर्तमान अध्यक्ष अनिता श्रेष्ठ अधिकारी, कार्यक्रम संयोजक रोज्ना रेग्मीलगायतको उपस्थिति थियो।
Facebook Comments

























