चितवन । प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नं.३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे सहरी विकास मन्त्रीमा नियुक्त भएका छन्। मंगलबार उनले सपथग्रहण गरेपछि पदभार ग्रहण गरेका हुन्। नेता पाण्डे यसअघि पनि भूमि सुधार तथा वन मन्त्री भइसकेका छन्।
३० वर्षे राजनैतिक यात्रामा तेस्रो पटक मन्त्री पदमा पुग्न सफल भएका नेता पाण्डे भरतपुर–१० निवासी हुन्। उनी चितवनमा विकासवादी नेताको रूपमा परिचित छन्। चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघि नै उपप्रधान तथा गृहमन्त्री भइसकेका छन्।
Facebook Comments


























