चितवन । चितवन क्षेत्र नं. ३ का उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले चितवनवासी युवाको समस्याको जिम्मा आफूले लिने बताएका छन्। चुनावी घरदैलोका क्रममा भरतपुर महानगरपालिका वडा नं. ८ सगरमाथा टोलमा भएको कार्यक्रममा नेता पाण्डेले भने, ‘हरेक युवाको समस्या र सरकारी झमेलाको जिम्मा मलाई दिनुहोस्।’
कुनै पनि निर्वाचनमा जित्दा या हार्दा सधैँ चितवनवासीकै साथमा रहेकोले एकपटक पुनः संसदमा जाने बाटो खुला गरिदिन उनले आग्रह गरे। ‘म हरेक समस्यासँग लड्न तयार छु,’ उनले भने, ‘समस्या र संघर्षमा म सधैँ रमाउने मान्छे हुँ। त्यसैले डराएर कहिल्यै भाग्दिनँ।’ ३२ वर्षे राजनैतिक यात्रामा चुनाव लडेकै २५ वर्ष भइसकेकोले अबको समय पनि चितवनवासीकै लागि समर्पण गरिने उनको भनाइ छ।
Facebook Comments


























