चितवन । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर २ का साझा उम्मेदवार उमेश श्रेष्ठले जनतालाई लोकतन्त्र र सवल आर्थिक व्यवस्थाबारे जनतालाई बुझाउनु पर्ने बताएका छन्। देशलाई धनी बनाउन पूर्वाधारको खांँचो रहेको बताउंँदै नेता श्रेष्ठले युवा र महिलालाई विकास र रोजगारीमा जोड्नुपर्ने बताए।
देशको समृद्धि हासिल गर्न लोकतान्त्रिक वामगठबन्धनको जीत आवश्यक रहेको भन्दै उनले वडा–वडा तथा टोल–टोलमा युवाहरु परिचालन गर्नुपर्नेमा जोड दिए। ‘युवाहरु टोलटोलमा जानुस्, घरघरमा जानुस् कांँग्रेसको बारेमा बुझाउनुस्,’ उनले भने, ‘किनकि जनताको मन बुझेर मत मागौं।’ आफूले जितेमा जनताको चाहना र आवश्यकतालाई बुझेर सोहीअनुसार काम गर्ने उनले बताए।
संयमित भएर चुनावी अभियानमा जाऔँ : काँग्रेस चितवन
नेपाली कांँग्रेस चितवनका सभापति तथा पांँचदलीय निर्वाचन परिचालन समितिका संयोजक राजेश्वर खनालले संयमित भएर चुनावी अभियानलाई अघि बढाउन आग्रह गरे। सामाजिक सञ्जालमा कमेन्ट तथा बिचार व्यक्त गर्दा सचेत रहनुपर्ने उनको भनाइ थियो। उनले मतदातासंँग उम्मेद्वारले सरल, सभ्य व्यवहार गर्नुपर्नेमा बताए।
कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले सबैजना एकत्रित भई चुनावी अभियानमा होमिन आग्रह गरे। पार्टीका अन्तरद्वन्द्व र प्रतिस्पर्धालाई बिर्सेर लोकतान्त्रिक गठबन्धनलाई जिताउन चुनावी अभियानलाई घरघरमा लग्नु पर्नेमा उनले जोड दिए।


























