चितवन । सेन्ट्रल कलेज चितवन र यसका शाखाहरुमा जापानका कलेज, युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्यक्ष विद्यार्थीलाई परामर्श दिएका छन्। जापान जाने तयारीमा रहेका र चाहना गरेका विद्यार्थीहरूलाई कलेजको शहीदचोक प्रेसमार्गमा रहेको केन्द्रीय कार्यालय र सौराहा चोक, पर्सा, नवलपुरको कावासोती तथा तनहुँको दमौली र पोखरा शाखामा उनीहरूले प्रत्यक्षरुपमा परामर्श दिएका हुन्। इरिको ओगावा नेतृत्वको टोलीले जापानका युनिभर्सिटी र कलेजका विषयमा जानकारी दिनुका साथै विद्यार्थीलाई प्रत्यक्ष अन्तर्वार्ता समेत लिएका छन्।
२०२३ जनवरी र अप्रिल इन्टेकका लागि विद्यार्थीलाई आवश्यक सबै परामर्श जापनीजहरुले नै दिने गरेका सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल (वाइबी)ले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमणको जोखिमपछि पहिलोपटक जापानका कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सेन्ट्रल कलेजको आग्रहमा यहाँ आएका हुन्। ‘जापानकै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिको उपस्थितिमा परामर्श दिँदा सत्यतथ्य जानकारी प्राप्त हुनुका साथै विद्यार्थी स्वयम् आफैँ ढुक्क हुने हुँदा सेन्ट्रल कलेजले जापनीजको प्रत्यक्ष परामर्शलाई प्राथमिकता दिएको छ’, पौडेलले भने।
स्थापनाकालदेखि नै जापानमा विद्यार्थी पठाउँदै आएको कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, युरोप, दक्षिण कोरियालगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका कामसमेत धमाधम गरिरहेको छ। विभिन्न देशका कलेज, युनिभर्सिटीसंँग सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलिया, क्यानडा, युकेका जुनसुकै शहरमा नेपालीले रोजेको विषयमा पढ्न जान सेन्ट्रल कलेजको माध्यमबाट आवश्यक प्रोसेसिङका काम गर्न सकिने बताए।

सेन्ट्रल कलेजले हालसम्म सयौं विद्यार्थीलाई सेवा दिइसकेको उहाँको भनाइ छ। कलेजमा जापनीज भाषा, आइएलटिएस, पिटिइलगायतका भाषा कक्षाहरू सञ्चालन भइरहेका छन्। कलेजबाट एक साताअघि मात्रै उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका ३०० विद्यार्थीहरूले एकैपटक न्याट टेष्ट परीक्षा दिएका दिएका थिए। नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ।
यस्तै टोकियो, ओसाका र फुकुवकामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको कलेजले जनाएको छ। जापानमा स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने कलेजका प्रिन्सिपल पौडेलले बताए। उनका अनुसार हाल कलेजमा करिब एक हजार विद्यार्थी छन्।


























