काठमाडौं । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा सोमबार साँझ गोली लागी घाइते भएका सर्लाहीका लाल मोहम्मदको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोहम्मद सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा हुन्। ५५ वर्षीय मोहम्मदलाई मोटरसाइकल चढेर आएका आक्रमणकारीले गोली प्रहार गरेका थिए।
उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको प्रहरीले जनाएको छ। मोहम्मद १० वर्ष जेल परेर ५ वर्षअघि रिहा भएको पनि प्रहरीले जनाएको छ। केही स्थानीयले उक्त स्थानमा तीन राउन्ड गोली चलेको दाबी गरेका छन्।
Facebook Comments


























