चितवन । पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा चितवनका तीनजनासहित १० जना घाइते भएका छन्। शुक्रबार साँझ करिब १८:३० बजेको समयमा राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोकमा हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा. प्र.०३-००१ ज ०१७१ न. को विंग्नर गाडी आफैँ अनियन्त्रित भएर पल्टिँदा उक्त गाडीमा सवार यात्रु घाइते भएका चितवन प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बसमा सवार चालकसहितका घाइते यात्रुलाई उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज अस्पताल पठाइएको छ।
घाइतेहरुको नामावली :
१) गोरखा जिल्ला आरुघाट गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २३ का आशवीर गुरुङ
२) दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३६ का शेरसिंह महरा
३) चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष २३ की समीक्षा निरौला
४) लम्जुङ जिल्ला बेशिसहर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २७ का सोसन गुरुङ
५) चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २३ का सागर बोट
६) रौतहट जिल्ला परोहा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २३ का अमरनाथ जैसवाल
७) मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष २७ का सुनिल रिमाल
८) बसका चालक नवलपरासी जिल्ला देवचुली नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४१ का तीनबहादुर विक
९) चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने वर्ष ४० की उषा डङ्गोल
१०) तनहुँ जिल्ला घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने वर्ष २५ का नवीन केसी


























