चितवन । भरतपुर-२३ स्थित घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी मङ्गली बोटे बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार दिउँसो करिब ४ बजेको समयमा करिब ५५/६० वर्षकी बोटेलाई बाघले आक्रमण गरेपछि बेपत्ता भएकी हुन्।
उक्त जङ्गलमा मङ्गलीसहित ४ जना स्थानीय निउरो टिप्न गएका थिए। मङ्गलीको अवस्था अज्ञात रहेकोले हाल इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी निरीक्षकको टोली, कसरा ब्यारेकबाट नेपाली सेनासहित ४ वटा हात्तीको प्रयोगबाट खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
Facebook Comments


























