चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित घैलाघारी मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएकी मङ्गली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ। ५५ वर्षीया मङ्गलीसहित मंगलबार दिउँसो चार जना जङ्गल पसेका थिए।
निउरो टिप्दै गरेका ४ जनामध्ये मङ्गलीलाई बाघले आक्रमण गरेपछि अन्य तीन जनाले भने भागेर ज्यान जोगाएका थिए। दिउँसो करिब ४ बजेको समयमा बाघको आक्रमणमा परेकी मङ्गलीको साँझ करिब साढे ८ बजेमात्रै मृतअवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा मात्रै बाघको आक्रमणमा परी १४ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो समय चितवनमा बाघको आक्रमणबाट मानिसको ज्यान जाने क्रम बढेको छ।
Facebook Comments


























