चितवन २९ चैत । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई तमू संचारकर्मी संघ चितवनले बधाई तथा सम्मान गरेको छ। आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी संघले परिषद्को चौथो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान गरेको हो।

संघले परिषद्का नवनिर्वाचित अध्यक्ष कर्णबहादुर गुरुङलाई फेटा लगाई सम्मान गरिएको थियो भने कार्यसमितिका अन्य पदाधिकारीहरुलाई टिका लगाई सम्मान गरिएको हो। सम्मानपछि कार्यक्रमलाई सम्बोन्धन गर्दै नवनिर्वाचित अध्यक्ष गुरुङले चितवनका तमू संचारकर्मीले परिषद्को महाधिवेशनमा उत्कृष्ट भूमिका निर्वाह गरी प्रचारप्रसारमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे।

तमू सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान तमूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। तमू ह्युल छोँज धी समग्र तमू समुदायको अभिभावक संस्था भएको हुँदा तमू समुदायको हक हित र एकताको लागि ह्युल छोँज धीँले चालेको कदममा तमू पत्रकार संघले साथ दिने बताए।



























