जनकपुधाम, चैत्र ५ । जनकपुरधाममा आज होली पर्व मनाइँदै छ। मधेश प्रदेशसहित तराईका जिल्लाहरूमा शुक्रबार नै होली पर्व मनाइए पनि जनकुरधाममा भने आज होली मनाइँदैछ।
जनकपुरधाममा १५ दिने माध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा रहेको छ।
शुक्रबार परिक्रमामा सहभागी तीर्थयात्री तथा सर्वसाधारणले अन्तरगृह परिक्रमा गरेका थिए। यही अन्तरगृह परिक्रमा सम्पन्न भएको भालिपल्ट अर्थात् शनिबार होली मनाइँदैछ।
होली पर्वको अवसरमा जनकपुरधामका विभिन्न चोकमा युवाहरूले मटका फोर कार्यक्रम पनि आयोजना गरेका छन्। जनकपुरधामको राम चोक, जानकी चोकमा मट्का फोर कार्यक्रम गरिएको छ।
Facebook Comments


























