चैत्र ३ । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा चैत १५ गते हुने भएको छ।
एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। यस अघि साधारण सभा फागुन आठ गतेलाई तय गरिएको थियो। तर, प्राविधिक कारण देखाएर साधारण सभा स्थगित भएको थियो।
यस्तै बैठकले निर्वाचन कार्यतालिका अनुमोदन गरेको छ। एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ। बैठकले बैशाख १ देखि १० गतेसम्म जिल्ला संघको निर्वाचन गर्ने निर्णय गरेको छ।
त्यस्तै नेपाल सुपर लिगको बारेमा एन्फा अध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। त्यस्तै एन्फाले चार ए डिभिजन क्लबसँग नेपाल सुपर लिगबारे छलफल गर्ने जनाएको छ।
Facebook Comments


























