चैत्र ३ । युभेन्टस युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ। गएराती सम्पन्न खेलमा भिल्लारियलसँग ३-० गोल अन्तरले पराजित हुदै युभेन्टसको च्याम्पियन्स लिग यात्रा टुंगिएको हो।
भिल्लारियलले युभेन्टसको घरेलु मैदानमा शानदार जित निकालेको हो। भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेज र अर्नट डानजुमाले एक एक गोल गरेका थिए।
यो जितसँगै भिल्लारियल युभेन्टसलाई समग्रमा ४-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै युभेन्टस भने पिएसजी र म्यानचेस्टर युनाइटेडपछि च्याम्पियन्स लिगबाट बाहिरिने अर्को ठुलो क्लब बनेको छ।
Facebook Comments


























