चैत्र ३ । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बंगलादेशको सामना गर्दैछ।
भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ।
आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ। तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन। बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ।
पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको थियो। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ।
यस्तै नेपालले तेसो खेलमा मार्चमा २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ। शीर्ष टोलीले उपाधि जित्नेछ।
Facebook Comments


























