फागुन २७ । नेपालका ५ युवा क्रिकेटर भारतको बैंग्लोरमा क्रिकेट ट्रेनिङ गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लोकेश बहादुर बम, गुल्सन कुमार झा, कुशल मल्ल, देव खनाल र आदिल आमलले जस्ट क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछन्।
खेलाडी विकास कार्यक्रम अन्तर्गत उनीहरुले दुई हप्ता उच्च प्रदर्शन क्याम्पमा रहनेछन्। उनीहरु शुक्रबार राति नै भारत प्रस्थान गर्नेछन्।
Facebook Comments


























