फागुन २७ । युरोपा कन्फरेन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा लेस्टर सिटीले जित निकालेको छ।
बिहीबार राति भएको खेलमा लेस्टरले फ्रेन्च क्लब रेनसलाई २-० गोल अन्तरले हराएको हो। लेस्टरलाई जित दिलाउन मार्क अलब्राइटन र केलिची इहानाचोले एक एक गोल गरे।
खेलको ३० औं मिनेटमा मार्कले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा केलिचीले गोल गर्दै लेस्टरलाई २-० को जित दिलाए।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ। खेल रेनसको मैदानमा हुनेछ। अर्को खेलमा मार्सेलीले बसेललाई २-१ ले हराएको छ। एजेन्सी
Facebook Comments


























