फागुन २१ । प्रत्यक्ष प्रशारणको अधिकार पाएको कम्पनिले चीनमा प्रिमियर लिगको प्रत्यक्ष प्रशारण नगर्ने भएको छ।
युक्रेनको समर्थनमा प्रशारण अधिकार कम्पनिले चीनमा यस हप्ताबाट प्रत्यक्ष प्रशारण नगर्ने भएको हो। रुसले युद्दको घोषणा गर्दै आक्रमण जारी राखेपछि युक्रेनको समर्थनमा प्रिमियर लिगको प्रत्यक्ष प्रशारण नगरिने भएको हो।
युक्रेन आक्रमणमा रुसलाई राजनीतिक सहयोग गर्ने देशमा चीन समेत पर्छ। पछिल्लो समय युक्रेनमाथि रुसी आक्रमणको खेल क्षेत्रबाट चौतर्फी विरोध भईरहेको छ।
फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध लगाईसकेको छ। विभिन्न देशले रुससँगको खेल रद्द गरिसकेको छ।
Facebook Comments


























