चितवन, फागुन २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यस्तै, १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हाल देशभर ७ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन्।
Facebook Comments


























