धादिङ, फागुन २० । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो। जिल्ला सुरक्षा समितिको बुधबारको निर्णयअनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियानअन्तर्गत अफिम नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले खेती नष्ट गरेको छ।
साथै, प्रहरीले बारीमा लुकाई राखिएको करिब ५० केजी गाँजा समेत जलाएर नष्ट गरेको छ।
Facebook Comments


























