चितवन, फागुन १९ । रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत खुल्ला भलिबल प्रतियोगिता हुँदैछ।
रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गतेबाट महोत्सव परिसरमा प्रतियोगिता हुनेछ। प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ। प्रतियोगिता अन्तर्गत हुने खेलमा राष्ट्रिय स्तरका चर्चित खेलाडीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ।
महोत्सव मार्फत खेलकुदको विकास गर्ने उद्देश्यले भलिवल प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए। प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ सय, दोस्रो हुने टिमलाई ५५ हजार, तेस्रो हुने टिमलाई २० हजार र सान्त्वना हुने टिमलाई १० हजार पुरस्कार राशी रहेको खेलकुद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले बताए।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ।
Facebook Comments


























