फागुन १९ । आईसीसी महिला विश्वकप क्रिकेट शुक्रबारबाट न्यूजिल्यान्डमा सुरु हुँदैछ।
विश्वकपको उदघाटन खेलमा आयोजक न्यूजिल्यान्डले वेस्ट इन्डिजको सामना गर्नेछ। न्यूजिल्यान्ड र वेस्ट इन्डिजबीचको खेल मौन्गानुईमा हुनेछ। विश्वकपमा आठ टिमको सहभागिता रहेको छ।
आयोजक न्यूजिल्यान्डसहित अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र बंगलादेश रहेका छन्। राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
प्रतियोगिताको फाइनल अप्रिल ३ मा क्रिसचर्चमा हुनेछ।
Facebook Comments


























