फागुन १९ । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो। युभेन्ट्सको जितमा आत्मघाती गोल निर्णायक गोल रह्यो। खेलको इन्जुरी समयमा फियोरेन्टिनाका लोरेन्जो भेनुटीले आत्मघाती गोल गरेका थिए।
यस जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। दुई टोलीबीचको दोस्रो लेग आगामी अप्रिल २० मा हुनेछ।
Facebook Comments


























