मुम्बई, फागुन १८ । बलिउड ‘बादशाह’ शाहरुख खानको कमब्याक फिल्म ‘पठान’को रिलिज मिति घोषणा भएको छ। यो शाहरुखको चार वर्षपछि चलचित्रमा कमब्याकको संकेत गर्ने चलचित्र हो।
सिद्धार्थ आनन्दको निर्देशन रहेको पठानमा शाहरुखसहित दीपिका पादुकोण र जोन अब्रहाम मुख्य भूमिकामा छन्। बुधबार निर्माण टिमले तीनै अभिनेताहरूबाट देशको बारेमा भनिएका संवादलाई समेटेर १ मिनेट लामो टिजर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो।
चलचित्र २०२२ को जनवरी २५ तारिखमा रिलिज हुँदैछ। चलचित्र हिन्दी, तमिल र तेलुगु गरि तीन भाषामा रिलिज हुने छ।
यस जासुस एक्सन–थ्रिलर चलचित्रमा शाहरुख जासुसको भूमिकामा छन्। शाहरुख अन्तिमपटक आनन्द एल रोयको निर्देशनमा बनेको ‘जिरो’मार्फत ठुलो पर्दामा देखिएका थिए। सन् २०१८ मा रिलिज भएको यो चलचित्रले बक्स अफिसमा निकै खराब प्रदर्शन गरेको थियो।
Facebook Comments


























