काठमाडौं, फागुन ६ । मुक्तिनाथ विकास बैंकले १७.५८ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। बैंकले मंसिर १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो। तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ। अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ।
बैंकको मंसिर २५ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १७.५८ प्रतिशत बोनस सेयर र ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
Facebook Comments


























