फागुन १६ । जर्मन बुन्डेसलिगा फुटबल बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ।
आइतबार राति भएको खेलमा डर्टमण्डले अग्स्वर्गसँग १-१ गोलको बराबरी खेलेको हो। सुरुआती अग्रता जोगाउन नसक्दा डर्टमण्ड रोकिएको हो। खेलको ३५ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए।
तर, खेलको ७८ औं मिनेटमा नो बाजीले गोल गर्दै अग्स्वर्गलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
यस बराबरीसँगै डर्टमण्डले २४ खेलमा ५० अंक जोडेको छ। डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ।
अग्स्वर्ग २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ।
Facebook Comments


























