काठमाडौँ, फागुन १५ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो।
एमसीसी सम्झौता अनुमोदनको प्रक्रिया अघि बढाउने प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध गर्ने एमालेको तयारी छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूको विरोध जारी रहने बताए।
संसद्मा आज एमसीसीमाथि छलफल हुँदैछ। सत्ता गठबन्धनमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने सहमतिसँगै एमसीसीमाथि संसद्मा छलफल हुने भएको हो।
Facebook Comments


























