फागुन १५ । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ।
शनिबार राति भएको खेलमा बायर्नले फ्रान्कफुर्टलाई १-० गोल अन्तरले हराएको हो। बायर्नलाई जित दिलाउन लोरी सानेले निर्णायक गोल गरे। उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए।
यस जितसँगै बायर्नले २४ खेलमा ५८ अंक जोडेको छ। बायर्नले बोरुसिया डर्टमण्डविरुद्ध ९ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको डर्टमण्डको ४९ अंक रहेको छ। फ्रान्कफुर्ट ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ।
Facebook Comments


























