काठमाडौं, फागुन १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले रक्तपातविहीन युद्धमा रहेको बताएका छन्।
शनिबार बिहान काठमाडौँमा ‘जनयुद्ध’का प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित कार्यक्रममा उनले युद्ध जारी रहेको बताएका हुन्। ‘अहिले हामी रक्तपातहीन युद्धमा छौं। हिंसामा छैनौं, बन्दुक लिएर हिँडेका छैनौं तर युद्ध जारी छ। युद्ध रोकिएको छैन’ प्रचण्डले भने।
प्रचण्डले सत्ता गठबन्धन जोगाउन अन्तिम कसरत गरिरहेको बताए।
एमसीसीको समस्या समाधान होस् र गठबन्धन पनि नटुटोस् भनेर आफूहरु लागिरहेको उनले बताए। ‘गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिराखेका छौँ,’ प्रचण्डले भने, ‘एमसीसीको समस्या पनि समाधान होस् गठबन्धन पनि नटुटोस् भनेर छलफल भइराखेको छ। विकल्प खोजिरहेका छौँ।’
Facebook Comments


























