फागुन १३ । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज शुक्रबार स्वदेश फर्कदै छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्कने जनाएको छ। नेपाली टोली साँझ साढे ५ बजे नेपाल आईपुग्ने क्यानले जनाएको छ।
छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो। बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो।
तर, सेमिफाइनलमा पराजित भएपछि नेपालको अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो।
सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो। छनोटको उपाधि युएईले जितेको छ।
Facebook Comments


























